arrow

विद्यालय बाहिर रहेका ३ सय ५१ जना बालबालिका विद्याल भर्ना

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ मंसिर १३ सोमबार
rolpstudent.jpeg
 लिबाङ (रोल्पा)। सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा जिल्ला शिक्षा कार्यालय रोल्पाको समन्वयमा, मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पाद्वारा संचालित एकिकृत परियोजना अन्तर्गत रहेको शिक्षा कार्यक्रमले जिल्लामा विद्यालय बाहिर रहेका तथा विचमै पढाइ छोडेर इटाभट्टाबाट फर्किएका ७ गाविसका ३५१ जना बालबालिकालाई विद्यालय भर्ना गराएको छ । 
 
जिल्लामा सन् २०१४ देखि सन् २०१७ सम्मका लागि तालाबाङ, घर्तीगाउँ, कोर्चाबाङ, गैरीगाउँ, करेटी, जेदबाङ र जौलीपोखरी गाविसका ५५ वटा विद्यालयहरुमा संचालित शिक्षा कार्यक्रम मार्फत ती बालबालिकाहरु विद्यालय भर्ना भएको परियोजनाका शिक्षा अधिकृत प्रमीला बुढाले जानकारी दिइन् ।
 
बुढाका अनुसार यो कार्यक्रमले ७ देखि १३ वर्ष उमेर समूहका बिद्यालय जानबाट बञ्चित रहेका तथा वीचमै पढाइ छोडेका बालबालिकाहरुलाई १०० दिनको बैकल्पिक कक्षा  संचालन गरी कक्षा १ देखि ८ सम्म सरकारी विद्यालय भर्ना गर्दै आएको छ । यसरी विद्यालयमा भर्ना भएका बालबालिकाहरु नियमित विद्यालय जाने बालबालिकाको तुलनामा केही कमजोर हुने भएको हुँदा उनीहरुका लागि एक शैक्षिक सत्रमा ३ पटक उपचारात्मक कक्षा संचालन हुदै आएको छ । 
 
विभिन्न उमेर तथा विभिन्न क्षमताका बालबालिकाहरुलाई एउटै कक्षामा समान शिक्षा दिनका लागि स्थानीय स्तरमै सहजकर्ता छनौट गरी सहजकर्तालाई विभिन्न किसिमका तालिमहरु दिदै आएको पनि अधिकृत बुढाले जानकारी दिइन् । यसरी विद्यालय भर्ना भएका बालबालिकाहरु निरन्तर विद्यालय जाउन् भन्नका लागि उनीहरुलाई कार्यक्रम मार्फत कापी, कलम, ड्रेस, झोला, लगायतका समाग्रीहरु प्रदान गर्ने गरिन्छ । साथै उनीहरुको मनोरञ्जनका लागि विभिन्न किसिमका मनोरञ्जनात्मक पाठ्यपुस्तकहरु पनि विद्यालयलाई प्रदान गरिएको छ । 
 
यसरी बालबालिका नियमिति विद्यालय गए नगएको जानकारी पाउनका लागि विद्यालयमा उपस्थित अनुपस्थित बोर्ड राखी नियमित हाजिरी लेखाजोखा गर्ने गरिन्छ  । यसरी अनुपस्थित भएका विद्र्याीहरु के कारणले अनुपस्थित भएका हुन् सो कुरा पत्ता लगाउनका लागि सम्वन्धीत बालबालिकाका अभिभावकसंग छलफल कार्यक्रम संचालन गर्ने गरिएको पनि बुढाले बताइन् । 
 
यो प्रकृया प्रभावकारी देखिएको भन्दै जिल्ला शिक्षा कार्यालय रोल्पाले पनि जिल्लाका सम्पूर्ण विद्यालयहरुमा हाल उपस्थित अनुपस्थित बोर्ड कार्यक्रम संचालन गर्दै आएको बुढाको भनाइ छ । जिल्लाका ७ गाविसमा संचालनमा रहेको बैकल्पिक कक्षा कार्यक्रम आगामी माघ महिनादेखि जिल्लाका ७ गाविसका १० स्थानमासंचालन हुनलागेको पनि परियोजना अधिकृत बुढाले जानकारी दिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ