arrow

अडिलो प्रतिपक्ष बन्दै कांग्रेस

प्रचण्डले कांग्रेसलाई छलफलमा बोलाए, संसदको माहोल सजिलै सप्रिने अवस्था देखिएन 

कांग्रेस सहकारी प्रकरणमा रवि लामिछाने र गिरीबन्धु टि–स्टेट प्रकरणमा केपी ओलीमाथि छानबिन गर्नुपर्ने पक्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
congress-party-office-2081.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्रीले साँझ ६ बजे प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई सदनको अवरोधको विषयमा छलफल गर्न बोलाएका हुन् ।

कांग्रेसले गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीमा मुछिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।  साथै कांग्रेसको मागमा विपक्षमा रहेका दल राप्रपा, जसपा नेपाल र लोसपा लगायतले साथ दिएपछि सरकार थप दबाबमा परेको देखिएको छ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । तर दलहरुबीच सहमति नजुट्दा दिउँसो २ बजेसम्म बैठक सारिएको छ । यद्यपि प्रचण्डले साँझ कांग्रेसलाई बोलाएपछि आजको संसद पनि चल्नेमा शंका देखिएको छ । 

यसअघि मंगलबार प्रचण्डले कांग्रेससँग सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न दिन आग्रह गरेका थिए । सोही अनुसार नीति तथा कार्यक्रम संसदबाटै राष्ट्रपतिलाई सम्बोधन गर्न दिने तर अन्य औपचारिक कार्यक्रम भने लामिछानेमाथि छानबिन गर्न समिति नबनेसम्म नदिने बताएको थियो । 

प्रचण्डले भने माहोल बनाउँदै छानबिन समिति पनि बनाउने सहमति कांग्रेससँग गरेका थिए । 

यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओलीले भड्काएपछि प्रचण्ड पछि हटेका थिए । 

बिहीबार त कांग्रेससँग छानबिन समिति बनाउन सहमति नजिक पुगिसकेका बेलामा प्रचण्ड, ओली र लामिछानेबीचको छलफलपछि एकाएक पेलेर जाने सहमति भएको थियो । 

तब बिहीबार साँझ कांग्रेसले आफ्ना मागमा अडिक रहँदा सभामुख देवराज घिमिरे एमालेको कार्यकर्ता बनेर भूमिका निर्वाह गरेसँगै मुठभेडको अवस्था सिर्जना भएको थियो । 

ओलीले त कांग्रेस सांसदहरुलाई आफ्नै पार्टीका कार्यकर्ताजस्तै गरी हप्काएर वेल घेराउ नगर्न चेतावनी दिँदै थिए । जबकि प्रतिपक्ष दलले वेल घेराउ गरेपछि सत्ताधारी दलहरु उभिन पाइँदैन । 

ओलीमाथि गिरीबन्धु टि–स्टेट प्रकरणमा नीतिगत भ्रष्टाचारको आरोप छ । उनीमाथि पनि छानबिन हुनुपर्ने अडान कांग्रेसले राख्ने भएपछि अन्टसन्ट गरेर संसद प्रभावित पार्ने योजनामा छन् । 

प्रायः सत्तामा रहेका कारण प्रतिपक्षको भूमिकामा सशक्त नदेखिएको कांग्रेस पहिलो पटक सशक्त भएर उभिने प्रयासमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ