arrow

अद्यावधिक निर्वाचनबाट जितेर संविधान संशोधन गर्न शाहीको सुझाव

logo
प्रकाशित २०७२ पुष १ बुधबार
kunti.JPG.jpeg
यादव आचार्य, बर्दिया । संविधानमा चित्त नवुझेका विषयहरु अद्यावधिक निर्वाचन मार्फत जितेर बहुमतबाट संविधान संशोधन गर्न संघीय मामिला तथा स्थानिय विकास राज्यमन्त्री कुन्ती कुमारी शाहीले सुझाव दिएकी छिन् ।

मन्त्री परिषदको निर्णयले तय गरिएको जनताको संविधान जनताकै माझमा भन्ने राष्ट्रब्यापी प्रचार अभियान अन्र्तगत बर्दियाको गुलरियामा आयोजित सभामा राज्यमन्त्री शाहीले संविधान प्रति असन्तुष्ट पक्षहरुलाई लक्षित गर्दै सोकुरा वताएकी हुन् ।

संविधान राज्यको मूलकानून भएकाले त्यसलाई मान्दैनौ भन्न नमिल्ने वताउँदै शाहीले संविधान नेपाली जनताको सम्पत्तीको रुपमा आएकाले यसलाई जनताले नै जोगाउनु पर्ने वताईन् । संविधानमा भएका व्यवस्थाहरुलाई प्रयोग गर्न उनले सम्पूर्ण जिल्लावासीलाई आग्रह गरेकी छिन् ।

कार्यक्रम स्थलमा संयुक्त लोकतान्त्रिक मधेसीमोर्चाका कार्यकर्ताहरुले संविधानको विरोध गर्दै कालो झण्डा प्रर्दशन गरेका छन् । प्रर्दशनकारी र प्रहरीविच केही वेरको घम्साघम्सी पछि कार्यकर्ताहरुलाई कार्यक्रम स्थल वाहिर लगिएको थियो । विरोध गरेपनि कार्यक्रम निर्वाध रुपमा सम्पन्न भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ