arrow

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दै महानगरपालिका

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
Metropolitan_Office-1_KTM.jpg.jpeg.jpeg
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले प्रथम चौमासिकमा लक्ष्यभन्दा करिब  ७ करोड बढी राजस्व सङ्कलन गरेको छ । कामपाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार चालु आवको प्रथम चौमासिकमा  ५१ करोड ४५ लाख लक्ष्य लिइएकामा करिब  ५८ करोड ४९ लाख असुल गरिएको छ । 
 
उक्त रकम गत वर्षको सोही समयका तुलनामा बढी हो । अघिल्लो वर्ष प्रथम चौमासिकमा करिब ५२ करोड १४ लाख राजस्व सङ्कलन भएको थियो । हरेक वर्ष आवको छ महिनापछि मात्र मनोरञ्जन क्षेत्रबाट राजस्व सङ्कलन हुने गरेकाले मनोरञ्जन करको शीर्षकमा भने हालसम्म एक रुपैँया पनि असुल हुन सकेको छैन । 
 
त्यसैगरी घरबहाल लर घरजग्गा व्यवसाय करमा गत वर्षको तुलनामा प्रथम चौमासिकमा नै रकम सङ्कलनमा वृद्धि भए पनि विज्ञापन करको राजस्व सङ्कलनमा कमी आएको छ । वार्षिक लक्ष्यको ३५ प्रतिशत पहिलो चौमासिकमा, दोस्रोमा ३५ र तेस्रोमा ४० प्रतिशत राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको कामपा अहिलेको प्रगतिलाई हेर्दा लक्ष्यमा पुग्ने देखिन्छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ