arrow

प्रधानमन्त्रीले विश्वासको मत लिने दिन संसद अवरोध, सहमति नगरी खोल्दाको परिणाम 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
parliament-81-2-7.jpg

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक स्थगित भएको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए ।

कांग्रेसको विरोधका बीच सभामुखले बैठक अगाडि बढाउन खोजेपछि कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । 

कांग्रेसले लगातार नाराबाजी गरिरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । यद्यपि १५ मिनेटपछि पनि बैठक भने बसेको छैन ।

यसमा गल्ती स्वयं सभामुखकै देखिएको छ । उनले संसदमा जबरजस्ती प्रतिपक्षलाई पेलेर अगाडि बढाउन खोज्दा यो दिन देख्नु परेको हो । 

गत फागुनदेखि नै कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेको छ । 

गत शनिबार समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजी भई कार्यादेश बनाउने जिम्मेवारीसमेत दिइएको छ । 

तर आइतबार अचानक समितिमा सहमति नजुट्दै सभामुखले गृहमन्त्रीलाई बोल्नका लागि रोष्ट्रम दिएपछि एकाएक माहोल बिग्रिएको छ । 

लामिछानेले आफू आरोपी नभएका प्रमाण दिनुको सट्टा कांग्रेसका नेताहरुमाथि नियत साँधेर आरोप लगाइरहेपछि त्यसले माहोल झन् बिगारेको हो । 

दोष प्रचण्डको पनि 
यसमा दोष प्रधानमन्त्री प्रचण्डको पनि रहेको छ । उनले सहमति नगरी माहोल नराम्रो हुँदाहुँदै विश्वासको मत लिन खोज्नु हुने थिएन । पहिले संसद खुल्ने माहोल बनाउनु पर्नेथियो । 

संसद प्रतिपक्षको विचार राख्ने थलो हो । तर प्रतिपक्षका मागमै प्रवेश गर्न नखोज्ने प्रचण्ड र सभामुखको विचारका कारण संसद अवरुद्ध हुँदै आएको छ । 

यसअघि प्रतिपक्षमा बस्दा संसदीय समिति मागिरहने एमालेले भने अहिले रविलाई काखी च्यापेर समिति बनाउन नहुने भन्दै आएको छ । 

यसभित्रको राजनीति भने फरक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ