arrow

प्रेस युनियनको वैठक कपिलवस्तुमा हुने

logo
प्रकाशित २०७२ पुष १ बुधबार
Press-Union.jpg.jpeg
कपिलवस्तु । नेपाल प्रेस युनियन केन्द्रिय समितिको बैठक कपिलवस्तुको सदरमुकाम तौलिहवामा पौष १६ गते हुने भएको छ । राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर यस वैठक कपिलवस्तुमा आयोजना गरिएको वताइएको छ । वैठकको आतिथ्यता नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले गर्ने र त्यसको तयारी सूरु भएको शाखा सभापति गोपाल भण्डारीले बताएका छन । आतिथ्यता र तयारीको लागि शाखाको बैठक बसी आर्थिक समिति, सचिवालय, स्वागत समिति बनाएर काम सूरु गरिएको शाखा सचिव मणि प्रसाद गैह्रेले वताए ।
 
कपिलवस्तुमा हुने वैठकको लागि सवै पदाधिकारीलाई खवर गरिएको र आतिथ्यता गर्ने कपिलवस्तु शाखालाई वैठकको आयोजनाको लागि आभार व्यक्त गरिएको महासचिव अजय बावु सिवाकोटीले एक प्रेस विज्ञप्ती निकाली जनाएका छन्। मेलमिलापको दिवसमा युनियनले कपिलवस्तुमा भव्य कार्यक्रम गर्ने समेत तयारी गरेको छ ।

पछिल्लो समयमा तराई मधेस आन्दोलन चलिरहेको अवस्थामा तराईमा पत्रकारहरुको भुमिका बढाउन युनियले अभियान थालेको सभापति वद्रि सिग्देलले  बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ