बैंकक । थाइल्याण्डको बैंककमा जारी एसिया कप महिला टी–२० क्रिकेटको तेस्रो खेलमा नेपालले मंगलबार बंगलादेशसंग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे सुरु हुनेछ । नेपालले यसअघि गरेका प्रदर्शन भने बिर्सनलायक रहे । पहिलो खेलमा पाकिस्तानसंग ९ विकेटले हारेको नेपाल दोस्रो खेलमा श्रीलंकासंग अझ कमजोर प्रदर्शन गर्न पुग्यो ।
श्रीलंकासंग ८ विकेटले पराजित भए पनि नेपालले केवल २३ रनमात्र जोड्न सक्यो । अहिलेसम्मकै कमजोर ब्याटिङ गरेको नेपालका ८ खेलाडीले रनको खातासमेत खोल्न सकेनन् ।
पूर्व राष्ट्रिय टिमका खेलाडी राजु बस्न्यातको प्रशिक्षणमा रहेको नेपाली टोलीले गरेको यो प्रदर्शन अप्रत्याशित हो ।
एसिया क्षेत्रको विश्वकप छनोटमा दोस्रो भएर एसिया कपका लागि छानिएको नेपाललाई एसिया कप सिक्ने राम्रो प्लेटफर्म भए पनि शर्मनाक प्रदर्शन हुने अपेक्षा विरलैले गरेका थिए ।
तुलनात्मक रुपले बंगलादेश अन्य दुई राष्ट्रको तुलनामा कमजोर भएकाले मंगलबार नेपालले केही सुधार गर्ने अपेक्षा गरिएको छ ।