arrow

कोलम्बियामा ब्राजिलका खेलाडी चढेको विमान दुर्घटना [अपडेट]

दुर्घटनामा परेका मध्ये ६ जना जिवित

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
biman-news.jpeg

काठमाडौं । ब्रजिलियन फुटबलरसहित ८१ यात्रु चढेको विमान कोलम्बियामा दुर्घटना भएको खबर छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार विमानमा ब्राजिलको फुटबल टिम सहित ८१ जना सवार थिए ।

सवार मध्ये ७२ यात्रु र चालक दलका नौ सदस्य रहेका बताइएको छ । घटनाको विवरण अनुसार दुर्घटनामा परेका मध्ये ६ जना जिवित छन् । दुर्घटना अघि विमानले विद्युतीय समस्या देखाएको बताइएको छ ।

 मडेलिन अन्तराष्ट्रिय विमास्थलका लागि उडेको सो विमानमा ब्रजिलियन फुटबल टिम साफाकोएन्सका खेलाडीहरु रहेका अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । ती खेलाडी एथ्लेटिको नेशनलविरुद्ध दक्षिण अमेरकी क्लब फुटबल अन्तर्गत दोस्रो महत्ववूर्ण प्रतियोगिताको फाइनल खेल्न कोलम्बिया गइरहेका जनाइएको छ । खेलाडी दुर्घटनामा परेपछि खेल रद्द गरिएको पनि बीबीसीले उल्लेख गरेको छ ।

उद्धारका लागि दुर्घटनास्थलमा सहायताकर्मी खटिएका छन् । विमान रातको समयमा पहाडी क्षेत्रमा खसेकाले उद्धारमा कठिनाई भएको अधिकारीहरुले जनाएका छन् । यद्यपि, क्षतिको थप विवरण अाउन बाँकी छ ।



नयाँ