- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बैंककमा जारी एसिया कप महिला क्रिकेटमा नेपालले लगातार तेस्रो हार भोगेको छ । मंगलबार एसियन इन्टिच्युड अफ टेक्नोलोजी ग्राउण्ड बैंककमा नेपाल बंगलादेशसँग ९२ रनले पराजित भयो । सोमबार श्रीलंककासँग ८ विकेटले हारेको नेपालले भोलिपल्ट बंगलादेशसँग पनि फराकिलो अन्तरले हारेको हो ।
बंगलादेशले दिएको एक सय ३४ रनको चुनौती पछ्याएको नेपाल १७ ओभर ३ बलमा अलआउट हुँदै मात्र ४१ रनमा खुम्चियो । नेपालका लागि सीता रानामगरले १५, इन्दु बर्माले ९ र कप्तान रुविना क्षेत्रीले ७ रन बनाउन बोहक अन्य व्याट्सवुमनले दोहोरो स्कोर गर्न सकेनन् । नेपालका ३ व्याट्सवुमनले रनको खाता नै खोल्न सकेनन् । नेपाली इनिङ कमजोर पार्न बंगलादेशकी फाहिमा खातुन एक्लैले ४ विकेछ लिइन् ।
टस जितेर पहिले व्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३३ रन बनायो । बंगलादेशका लागि विकेट किपर नीगर सुल्तानाले ३९ र ओपनर सन्जिदा इस्लामले ३५ रन बनाए । नेपालकस् संगिता राईले दुई विकेट चट्काइन् । यो हारसँगै नेपाल अंकविहिन हुँदै लिगको पुछारमा छ । हालसम्म अपराजित भारतको महिला टोली शतप्रतिशत नतिजाका साथ ६ अंक बटुल्दै शीर्ष स्थानमा छ । एक–एक खेल गुमाएका बंगलादेश र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो ।