arrow

सेयर बजार उकालो लाग्यो

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
nepal-stock-exchange.png
काठमाडौँ । लगातार घट्दै आएको सेयर बजार आज भने ४३.५२ अङ्कले बढेर लगानीकर्तालाई केही राहत मिलेको छ । लगातार घट्दै आएको र पटक पटक सर्किट ब्रेकसमेत लगाउनुपरेको बजार आज २ दशमलव ८८ प्रतिशतले उकालो लाग्दा नेप्से परिसूचक एक हजार ५५३ बिन्दुमा पुगेको छ । 
 
कुल १३१ कम्पनीको १४ लाख १४ हजार ३२८ कित्ता सेयर रु एक अर्ब १९ करोड १९ लाख १२ हजार २१३ मूल्यमा खरिद बिक्री भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । ‘बियरिस ट्रेन्ड’मा रहेको बजारमा सोमबारदेखि सुधार देखिन थालेको हो । अर्थमन्त्री कृष्णबहादुर महराले हिजो आफूसँग भेट्न आएका लगानीकर्तालाई हतोत्साहित नहुन आग्रह गरेका थिए । 
 
स्टकका अनुसार ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ३ दशमलव ०२ प्रतिशतले बढेको छ । उत्पादन समूहबाहेक अन्य समूह रातो हुँदा बजार उकालो लागेको हो । स्टकका अनुसार बैंकिङ २.९४, होटल ०.२, विकास बैंक २.७३, जलविद्युत् ५.५१, फाइनान्स १.१६, बिमा ४.९३ र अन्य समूह ०.२३ प्रतिशतले बढ्दा उत्पादन समूह भने ०.९६ प्रतिशतले घटेको छ । 
 
आइतबार र सोमबार दुई–दुई पटक सर्किट ब्रेक लगाएको स्टकले मंगलबार पनि झन्डै बजार उकालो लाग्दा सर्किट ब्रेक नै लगाउनुपर्ने अवस्थामा पुगेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ