arrow

प्रभु बैंक र फार्म हाउस होटलबीच विशेष छुट सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
prabhu-bank-farm-house.jpg

पोखरा । आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी पदमार्गीहरु माझ लोकप्रिय गन्तब्य, हिमाल पारीको जिल्ला मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
गत जेठ ११ गते एक समारोहबीच फार्म हाउस होटल तर्फबाट प्रोपाइटर समराज गुरुङ्ख र प्रभु बैंक लिमिटेडका तर्फबाट, बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
 
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

एग्रो मनाङ प्रालीद्घारा संचालित फार्म हाउस होटल विगत पाँच वर्षदेखि संचालनमा आएको मनाङ जिल्लाकै सुविधा सम्पन्न होटलको रुपमा परिचित पाइन्छ । 

त्यसैगरी ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकको नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत् करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौँ विश्वास दिन्छौं’ मूल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ