arrow

भारतीय मिडिया लेख्छन्,‘दिलवाले र बाजीराव मस्तानीको प्रदर्शन युद्ध जस्तै’

logo
प्रकाशित २०७२ पुष १ बुधबार
dilwale.jpg.jpeg
मुम्बई । बलिउड फिल्म ‘दिलवाले’ र ‘बाजीराव मस्तानी’ एकैदिन अर्थात आगामी शुक्रबार १८ डिसेम्बरबाट रिलिज हुँदैछन् । यी दुई बीचको सँगै रिलिजलाई भारतीय मिडियाले एउटा युद्ध झै मानेका छन् । अहिले यी दुई फिल्मको लडाई खास गरी सिंगल स्क्रिन थिएटरको विषयलाई लिएर तिब्रा रुपमा बढिरहेको छ । 

भारतीय मिडियाका अनुसार हालका दिनमा यी दुई ठूला बजेटका फिल्मको भिडन्तले सन् २०१२ को सम्झना गराएको जनाएका छन् । जुन बेला बक्स अफिसमा शाहरुख खानको ‘जब तक है जान’ र अजय देवगनको ‘सन अफ सरदार’को जबरजस्ती टक्कर देख्न मिलेको थियो । आफ्नो फिल्मले कम मात्र सिंगल स्क्रिन थिएटर पाएपछि अजयले यशराज फिल्मस् विरुद्ध अदालत गएका थिए । अजयले यशराज फिल्मस्ले आफ्नो प्रभावलाई गलत प्रयोग गरेर ‘सन अफ सरदार’लाई बढी स्क्रिनमा रिलिज हुन नदिएको आरोप लगाएका थिए । यो बेला अजयको फिल्म शाहरुखको भन्दा ५ सय कम थिएटरमा रिलिज भएको थियो ।

तर यसपटक शाहरुखकै फिल्म ‘दिलवाले’ सिंगल स्क्रिन थिएटरको रेसमा ‘बाजीराव मस्तानी’ भन्दा पछाडि हुन सक्छ । इरोज इन्टरनेशनलले सलमान खानको फिल्म ‘बजरंगी भाईजान’को रिलिजको बेला नै सिंगल स्क्रिन थिएटरका मालिकहरुलाई ‘बाजीराव मस्तानी’ पनि सलमानकै फिल्म रिलिज हुने हलमा लगाउनु पर्ने सर्त राखेका थिए ।

फिल्म व्यापार विश्लेषक अमोद मेहरा भन्छन्,‘थिएटरका मालिकको अगाडि अहिलेको समयमा कुनै पनि विकल्प बचेको छैन । किनकी उनीहरुले ‘बजरंगी भाईजान’को रिलिजको बेला इरोज इन्टरनेशनलसँग एक सम्झौतामा हस्ताक्षर नै गरिसकेका छन् । इरोजले ‘दिलवाले’सँग ‘बाजीराव मस्तानी’को टाइमिङ शेयर गर्ने प्रस्ताव पनि अस्वीकार गरिदिएको छ ।’

‘दिलवाले’मा शाहरुखसँगै काजोल, वरुण धवनलगायतका कलाकार छन् भने ‘बाजीराव मस्तानी’मा रणवीर सिंह, दीपिका पादुकोण र प्रियंका चोपडा छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ