arrow

डिप्रेसनबाट बच्न गर्भनाल खान्छिन् किम

logo
प्रकाशित २०७२ पुष १ बुधबार
Kim.jpg.jpeg
न्यूर्योक । हालै दोस्रो बच्चालाई जन्म दिएकी हलिउडकी चर्चित रियालिटी टेलिभिजन स्टार किम कारदासियनले डिप्रेसनबाट मुक्ति पाउनका लागि आफ्नै गर्भनाललाई दबाई जस्तै खाने योजना बनाएकी छन् । हालैमात्र सेन्ट वेष्ट नामका छोरालाई जन्म दिएकी उनले पहिला पनि पहिलो सन्तान भएपछि गर्भनाललाई दबाईका रुपमा खाएकी दाबी गरेकी छन् । 

‘मैले गर्भनाललाई सुकाएर फ्रिजमा राखेकी छु, यसबाट आफैका लागि दबाई बनाउनेछु, यो खाँदा मलाई शक्ति प्राप्त हुन्छ ।’ ३५ वर्षीया उनले भनेकी छन् ।

‘किपिङ अप विद द कार्दासियन’बाट चर्चामा आएकी किमलाई चिकित्सकले त्यसो नगर्न चेतावनी दिएका छन् । चिकित्सकले गर्भनाल खाएमा पुनः गर्भवती बन्न सक्ने खतरा भएकाले त्यसो नर्ग चेतावनी दिएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ