arrow

सडक नाटकमार्फत सहकारीको सत्य बुझाउँदै नेविसंघ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
sahakari-nsu-drama-2081-(19.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गत जेठ १३ गतेदेखि लाखौँ नेपाली जोडिएको सहकारीको बचत रकम अपचलन तथा ठगीविरुद्ध सडक आन्दोलन थालेको छ ।

गत जेठ १३ गतेदेखि पहिलो चरणका रुपका काठमाडौँ उपत्यकाका तीन ओटै जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन गरी भृकुटीमण्डपमा वृहत कार्यक्रम गरेर कांग्रेसले सडक आन्दोलनको थालनी गरेको हो । 

कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि संसदीय छानबिन समिति हुनुपर्ने सहितका माग राखेर उपत्यकाकेन्द्रित सडक आन्दोलन थालेको थियो । 

त्यसको प्रभावले १५ गते संसदीय छानबिन समिति बनेको छ । तर त्यो समितिले छानबिन गर्न नै तीन महिनाको समय पाएको छ । त्यसमाथि रवि लामिछाने भनेर तोकेर व्यक्तिमाथि छानबिन भने हुने छैन । 

कांग्रेस सहमतिका नाममा केही लचक देखिएको भए पनि रविमाथि पनि छानबिन गर्न उनले प्रयोग गरेको गोर्खा मिडिया काफी भएको बुझाइ छ । त्यहाँ अनधिकृत रुपले सहकारीको पैसा आएको विभिन्न प्रमाणले स्पष्ट देखिएको छ । 

त्यसैले संसदीय छानबिन समिति बनेर समितिले अनुसन्धान गर्ने एउटा पाटो भयो तर कांग्रेसले गर्ने आन्दोलन भने निरन्तर रहने बुझ्न सकिन्छ । अहिले त कांग्रेसका भ्रातृ तथा भगिनी संस्थाहरु पनि तातेका छन् । 

कांग्रेसका अनुसार विभिन्न सहकारीबाट झन्डै पाँच खर्ब रुपैयाँ अपचलन भएको छ । यति ठूलो रकम अपचलन हुँदासमेत सरकार गम्भीर नभएपछि कांग्रेसले आन्दोलनको बाटो रोजेको हो । 

कांग्रेसले फागुनदेखि संसदमासमेत सहकारीको विषय उठाएर छानबिनको माग गर्दै आएकामा बजेट ल्याउन अवरोध हुने देखेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार केही लचक भएर छानबिन समिति बनेको छ । 

त्यसो त अधिकांश सहकारीका मालिकहरु एमालेका रहेकाले रवि लामिछानेको छानबिन हुनासाथ एमालेका नेता कार्यकर्ता पनि फस्ने भएकाले यो विषयलाई गौण नै राख्न खोजिएको छ । 

सबैजसो सहकारीमा केही न केही गम्भीर त्रुटि भएको दाबी गरिएको भए पनि सीमित सहकारीको मात्र छानबिन हुनेछ । जबकि सहकारीको निकायलाई मजबुत बनाएर यसको छानबिन गर्नेतर्फ सरकारले सोचेकै छैन । 

कांग्रेसले ३१ हजार ३७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको धेरै बचत यसरी सहकारीका सीमित सञ्चालक र निजी कम्पनीहरूले संगठित रूपमा अपचलन, ठगी र दुरुपयोग गरेको जनाएको छ । 

हजारौँ सहकारी पीडितले बचत फिर्ता, सुरक्षा र न्यायका लागि विभिन्न तह र निकायमा उजुरी निवेदन दिएकोसमेत उल्लेख गरेको छ । यो गम्भीर विषयलाई कांग्रेसले कुनै हालतमा नछोड्ने जनाएको छ । 

नेविसंघको नाटकमार्फत नागरिकलाई बुझाउने अभियान
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भने शिक्षामार्फत नागरिकलाई चेतना दिलाउने अभियान थालेको छ । 

सो क्रममा नेविसंघले सडक नाटकलाई माध्यम बनाएको छ । नेविसंघ नेपाल ल क्याम्पस इकाइले पाटन दरबार स्क्वायरमा ‘सहकारीको सत्य’ नामक नाटक मञ्चन गर्यो । 

यसलाई हेरेर दर्शकले भरपूर मनोरञ्जन त लिएका थिए नै शिक्षा पनि पाएका छन् । 

त्यस्तै नेविसंघ केन्द्रीय समिति र नेविसंघ काठमाडौँ जिल्ला कार्यसमितिले बसन्तपुर, काष्ठमण्डप प्राङ्गणमा सडक नाटक गर्यो । 

सहकारी पीडितको व्यथामा आधारित सडक नाटकले आम नागरिकले दुःख गरेर कमाएको पसिनाको कमाइ कसरी सहकारीहरुले हिनामिना गरे र कसरी आम मानिस मारमा पर्यो भन्ने विषयलाई केन्द्रमा राखेको थियो।

सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन
प्रतिनिधि सभाले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ ।  समितिको नाम 'सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति' राखिएको छ ।

समितिको संयोजकमा एमालेका सांसद सूर्य थापा रहेका छन् भने एमालेबाट थापा र सरिता भुसाल रहने भएका छन् ।  त्यस्तै नेपाली कांग्रेसबाट सांसदहरु ईश्वरी देवी न्यौपाने, र बद्रीप्रसाद पाण्डे रहने छन् भने माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन् ।

समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।

समितिको कार्यक्षेत्र:
१. सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन,  सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने।

२. समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने। 

३. नेपाल सरकार सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण  गरेका अनुसूची-१ मा उल्लेख भएका  संस्थाहरू लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन  विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने ।

४. सहकारी संस्था सदस्य (शेयर धनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पुऱ्याएको भनी सङ्घीय संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची २ मा उल्लेखित लगायतका  सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैर कानुनी रूपमा प्रवाह भए-नभएको र त्यस्तो गैर कानुनी वा अनुचित  कार्यमा कोही  संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र  संलग्न देखिएका व्यक्तिहरूलाई कानून बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने ।

sahakari-nsu-drama-2081 (1).jpg
sahakari-nsu-drama-2081 (2).jpg
sahakari-nsu-drama-2081 (3).jpg
sahakari-nsu-drama-2081 (4).jpg
sahakari-nsu-drama-2081 (5).jpg
sahakari-nsu-drama-2081 (6).jpg
sahakari-nsu-drama-2081 (7).jpg
sahakari-nsu-drama-2081 (8).jpg
sahakari-nsu-drama-2081 (9).jpg
sahakari-nsu-drama-2081 (10).jpg
sahakari-nsu-drama-2081 (11).jpg
sahakari-nsu-drama-2081 (12).jpg
sahakari-nsu-drama-2081 (13).jpg
sahakari-nsu-drama-2081 (14).jpg
sahakari-nsu-drama-2081 (15).jpg
sahakari-nsu-drama-2081 (16).jpg
sahakari-nsu-drama-2081 (17).jpg
sahakari-nsu-drama-2081 (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ