arrow

दोहोरो कर तत्काल वन्द गर्न व्यवसायीहरुको माग

logo
शरद रेग्मी,
प्रकाशित २०७३ मंसिर १५ बुधबार
dangtracter.jpeg
यातायात व्यवसायीहरुले विभिन्न वहानामा खेप्नु परेको दोहोरो कर प्रणाली तत्काल वन्द गर्न स्थानिय प्रशासनको ध्यानाकर्षण गरेका छन् । दाङ जिल्ला ट्रेक्टरव्यवासायी समितिको १६ औं वार्षिक साधारण सभामा वोल्ने वक्ताहरुले राज्यलाई तिर्ने कर वाहेक विभिन्न क्लव तथा संस्थाको नाममा उठाईने अवैधानिक कर पूर्ण रुपमा रोक्नु पर्ने वताएका छन् ।
 
 उनीहरुले खोलाजन्य वस्तुहरु निकासीमा व्यवसायीहरु मारमा परिरहेको र अर्को तिर उपभोक्ताहरुले चर्को रकम तिर्नु पर्ने तर्फ स्थानिय प्रशासनलाई पटक पटक ध्यानाकर्षण गराउदा समेत प्रशासनले व्यवास्ता गरेको भन्दै आफूहरु संग आन्दोलनको विकल्प नरहेको समेत चेतावनी दिएका छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव सुरेश हमालको कार्यक्रममा यातायात व्यवसायीहरु समय अनुसार परिवर्तन हुदै गएको भन्दै जनताको चाहना र माग अनुसार अगाडी वढ्ने बेला आएको वताए ।
 
 
हमालले राज्यले यातायात व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउदा सम्म नेपालको समग्र यातायात क्षेत्रले फट्को मार्न नसक्ने दावी गरे। प्रमुख अतिथी हमालले यातायात व्यवसायीहरुले यो देशको अर्थतन्त्र वलियो वनाउन र राज्य संचालन प्रक्रियामा निजी क्षेत्रले खेलेको भुमिकालाई राज्यले प्रोत्साहन गर्नु पर्ने वताए । कार्यक्रममा विशिष्ठ अतिथी तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले  निर्माण कार्यमा सहजता ल्याउन खोलाजन्य वस्तुहरुको सहज आपूर्ति हुनु पर्ने वताए ।
 
 रिजालले ट्रेक्टरव्यवसायीहरु दोहोरो मारमा परिरहेको भन्दै तत्तकाल राज्यले समन्वयकारी भूमिका खेल्नु पर्ने वताए । कार्यक्रममा महासचिव द्रोण प्रसाद देवकोटाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सुमन कुमार पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ