arrow

मेवाखोलाको परीक्षण प्रसारण

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
micro_hydro_cartoon1.jpg.jpeg
खोटाङ। एक मेगावाट क्षमताको मेवाखोला जलविद्युत् आयोजनाको परीक्षण प्रसारण सुरु गरिएको छ । 
 
दिक्तेल नगरपालिका– १० स्थित मेवाखोलाबाट समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको ६० र बैंक अफ काठमाडौँको ४० प्रतिशत गरी करिब रु २२ करोडको लागतमा सो आयोजना सञ्चालनमा ल्याइएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले जानकारी दिए । 
 
विद्युत्भार कटौतीको मार खेपिरहेका खोटाङवासी मेवाखोला सञ्चालनमा आएपछि हर्षित बनेका छन् । जिल्लामा हाल २ दशमलव ५ मेगावाट विद्युत् खपत भइरहेको छ । विसं २०७१ देखि मेवाखोलाको काम सुरु गरिएको थियो । 
 
आयोजना प्रमुख ललितकुमार राईका अनुसार मेवाखोलाबाट उत्पादित विद्युत् बुइपामा रहेको केन्द्रीय विद्युत् प्रसारण लाइनको सव स्टेसनमा जोडेर वितरण गर्ने व्यवस्था मिलाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ