arrow

तामाकोशीको बाँधस्थल पुग्ने सुरुङ मार्ग सञ्चालनमा

logo
बिक्रम कार्की,
प्रकाशित २०७३ मंसिर १५ बुधबार
Tamakoshi-construction.jpeg
दोलखा।  गत बैशाख १२ को भुकम्पपछि अबरुद्ध बनेको सडक  माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले सुरुङमार्ग खनेर बुधबारबाट सञ्चालनमा ल्याएको छ । लामावगरमा रहेको माथिल्लो तामाकोशीको बाँधस्थल सम्मको  भीर फोर्दै बनाईएको सडक भुकम्पका कारण भीर खसेर अवरुद्ध  बनेको थियो ।
 
३ सय ३७ मिटरको सुरुङमार्ग भुकम्प पछि भत्कीएको गोंगर लामावगर खण्डको काब्रे क्षेत्रमा ४ महिना अघिबाट निर्माण सुरु गरिएको थियो ।  चट्टान युक्त भीर फुटाएर लगिएका कारण भुकम्पले पहाड नै भत्काएपछि लामावगर सम्म आउजाउ बन्द हुँदा २० महिना देखी बाँधस्थलको काम ठप्प भएको  थियो ।
 
आयोजनाले सुरुङ मार्ग पुरा भए सगैँ बाँधस्थलको बाँकी कामले समेत गति लिने जनाइएको छ   । आयोजनाका प्रमुख बिज्ञान प्रसाद श्रेष्ठले सुरुङ मार्ग पुरा भएसगैँ बाँधस्थलको कामले समेत अझ बढी गति पाउने बताए । ‘आज सुरुङमार्गमा ‘ब्रेक थु्र’ भयो’ ‘यो हाम्रा लागि अर्को सफलता हो’ उनले भने  ।
 
सुरुङ मार्ग बुधबार पुरा भएकाले कहेी सामन्य काम बाँकी रहेको र लामावगर सम्म गाडी पुग्न भने एक दुई दिन लाग्न सक्ने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिएका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ