arrow

हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको प्रभु बैङ्कसँग विशेष छुट सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
prabhu-bank-mou-two-resorts-parbat.jpg

कुश्मा। प्रभु बैङ्क लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकहरू लक्षित गरी सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको भिन्न भाषा संस्कृति, भौगोलिक बनावट र पछिल्लो समयमा जिपलाइन, बन्जी लगायतका साहसिक क्रियाकलापहरु शुरु भएका छन्।  चर्चित ठाउँ पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन प्रालि आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी पदमार्ग हरू माझ लोकप्रिय गन्तव्य बन्दै गएको छ। भौगोलिक बनावट भएको लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरूमा अवस्थित गेट वे हिमालय रिसोर्ट प्रालिको प्रभु बैङ्क लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकहरू लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

एक समारोहका बीच हार्नेस जिपलाइन प्रालि तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा, गेट वे हिमालय रिसोर्ट प्रालि तर्फबाट सञ्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैङ्क लिमिटेड तर्फबाट, बैङ्कका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्रभु बैङ्कका ग्राहक तथा कर्मचारीहरूले बैङ्कको डेबिट÷क्रेडिट कार्ड तथा बैकको अन्य कुनै विद्युतीय माध्यम द्घारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइन प्रालिमा उपलब्ध विभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टीङ लगायतका सेवा हरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। हार्नेस जिपलाइन प्रालि, पछिल्लो तिन वर्षदेखि सञ्चालनमा आएको र छोटो समयमा नै धेरै साहसिक मनहरू लाई आकर्षित गर्न सफल भएको देखिन्छ। तथा गेट वे हिमालय रिसोर्ट प्रालिमा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवा हरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

गेट वे हिमालय रिसोर्ट प्रालि, पछिल्लो एक दशक देखी सञ्चालनमा आएको बेशिसहर जिल्लाकै सुविधा सम्पन्न रिसोर्टको रूपमा परिचित पाइन्छ तथा हालसालै “बैङ्क अफ द इयर २०२३” को उपाधि बाट सम्मानित प्रभु बैङ्कका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटिएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई “विश्वास लिन्छौँ विश्वास दिन्छौँ” मूल नाराका साथमा बैङ्किङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ। साथै, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ