arrow

प्रभु बैंक र यूएसएड ट्रेड एन्ड कम्पिटिटिभनेसबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
prabhu-bank-usaid-.jpg

काठमाडौँ । प्रभु बैंक लिमिटेड र यूएसएड ट्रेड एन्ड कम्पिटिटिभनेसबीच स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरूको विकासमा सहयोग पुग्ने गरी सम्झौता भएको छ । 

बागमती प्रदेशमा सञ्चालन गरिने ‘इम्पावरिङ एग्रो एन्ड टुरिज्म इन्डस्ट्रि फर सन्टेनेबल ग्रोथ फर फ्युचर नेपाल’ नामक परियोजनाका लागि बैंक र यूएसएडबीच सम्झौता भएको हो । 

उक्त सम्झौता पत्रमा यूएसएड ट्रेड एन्ड कम्पिटिटिभनेसका तर्फबाट प्रतिनिधि मार्कस् मुलर र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरूमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरूका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरूलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरूमा काम गर्ने साझा लक्ष्य रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ