मड्रिड । स्पेनी फुटबल लिग ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले घरेलु फुटबल प्रतियोगिता कोपा डेल रेमा आकर्षक प्रदर्शन गरेको छ । रिष्लले लियोनेसामाथि १३ गोल बर्साएको हो । पहिलो लेगको खेलमा ७–१ को जित हासिल गरेको रियलले दोस्रो लेगको खेलमा ६–० जित पायो ।
रियललाई जिताउन मारियानो मेजियाले ह्याट्रिक गरे । त्यसैगरी जेम्स रोड्रिग्वेज र इन्जो जिदानले एक एक गोल गरे । सेसार मोर्गाडोले अन्तिम क्षणमा आत्मघाती गोल गरेका थिए ।
इन्जोले डेब्यु खेलमै गोल गरेका हुन् । उनी रियलका म्यानेजर जिनेदिन जिदानका छोरा हुन् । त्यसैले पनि जिदानले राति खुवै खुसी मनाएका छन् ।
रियलले वाहीवाही बटुल्दा कोपा देल रेमा बार्सिलोना भने आलोचित बन्नु परेको छ । बार्सिलोनाले दोस्रो डिभिजनको हर्कुलससंग पहिलो लेगमा १–१ को बराबरीमा चित्त बुझायो ।