arrow

डिस होम आक्रमण सूसुचित अधिकार खोसिएजस्तैः प्रेस युनियन

logo
प्रकाशित २०७२ पुष १ बुधबार
Nepal-Press-Union_20140908050041.jpg.jpeg
काठमाडौं । विप्लव माओवादीका कार्यकर्ताले डिस होमको ललितपुरको भैसेपाटीमा रहेको केन्द्रीय कार्यालयको टावरमा बुधवार विहान गरेको आक्रमणप्रति नेपाल प्रेस युनियनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।  युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘राजनीतिक समस्या राजनीतिक ढंगले नै समाधान हुनुपर्नेमा त्यसतर्फ नलागि व्यवसायी र त्यसमा काम गर्ने कर्मचारीलाई सरकार र राजनीतिक दल विशेषले तारो बनाउने कार्यको नेपाल प्रेस युनियन सदैव विपक्षमा छ।’

विज्ञप्तिमा एकातिर सूचना सञ्चार र प्रविधी मन्त्रालय र यसको नेतृत्व गरिरहेका मन्त्री शेरधन राईले सबै प्रसारकहरुलाई प्रसारण खुल्ला गर्न निर्देशन दिदै अन्यथा कार्वाहीको चेतावनी दिने तर सुरक्षा नदिने अर्कातर्फ सरकारी आदेश मान्दा आक्रमण र बम प्रहार हुनुले व्यवसायिक वातावरण मात्र खल्वलिएको नभई नागरिकको सुसुचित हुने अधिकार पनि खोसिएको उल्लेख गरेको छ ।

‘नेपाल प्रेस युनियन सूचना तथा सञ्चार क्षेत्रसँग जोडिएका कुनै पनि संस्थामाथि कुनै पनि बहानामा हुने कुनै पनि आक्रमणको विरोध गर्दछ। राजनीतिक प्रकृतिको विषयमा गैरराजनीतिक संस्थाहरुमा गरिएको यस किसिमका आक्रमणको निन्दा गर्छ,’विज्ञप्तिमा भनिएको छ, ‘साथै उचित व्यवसायिक वातावरण बनाउँदै नागरिकको सुसुचित हुने अधिकारको सम्मान गर्न सम्वन्धित सबै पक्षसँग युनियन जोडदार माग गर्दछ।’

डिस होमका डिजिएम कल्याण अधिकारीका अनुसार डिस होमको टावरमा गरिएको बम आक्रमणबाट साँढे २ करोडको क्षती हुनुका साथै साँढे ५ लाख ग्राहकले पाउँदै आएको सेवा अवरुद्ध भएको छ। 

बम आक्रमण गरिएपछिको २ घण्टा ५ लाख ग्राहकले डीसहोममा केहि पनि हेर्न नपाएको अवस्था छ भने त्यसयता गरिएको आपतकालिन व्यवस्थापछि ११६ च्यानल मध्ये ६० वटा मात्र डीसहोम मार्फत पुन पठाउन सकिएको कम्पनीको भनाइ रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ