arrow

एसिया कप महिला टी–२० क्रिकेट, नेपाल थाइल्याण्डसंग पनि राम्रो खेलेन

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
acc-woman-t-20.jpeg
बैंकक । थाइल्याण्डको बैंककमा जारी एसिया कप महिला टी–२० क्रिकेटमा नेपालले थाइल्याण्डसंग पनि अनपेक्षित प्रदर्शन गरेको छ । अहिले जारी खेल विजयका लागि थाइल्याण्डले ६४ रनको चुनौती पछ्याइरहेको छ । 
 
खेलमा पूरै ओभरसमेत खेल्न नसकेको नेपालले १९.५ ओभरमा अलआउट हुँदै ६३ रनमात्र बनाउन सक्यो । 
 
ज्योति पाण्डेलेमात्र दोहोरो स्कोर जोड्न सकेको नेपालको इनिङमा अन्य खेलाडीले दोहोरो स्कोरसमेत बनाएनन् । ज्योतिले १६ रन जोडिन् । नेपालको दोस्रो ठूलो स्कोर अतिरिक्तका रुपमा ११ रन थियो । 
 
जवाफमा थाइल्याण्डले आक्रमक खेलिरहेको छ । 
 
छ टोली सहभागी प्रतियोगिताका यसअघिका खेलमा नेपालले पाकिस्तान, श्रीलंका र बंगलादेशसंग फराकिलो हार बेहोरेको थियो । 
 
नेपालको स्तरको थाइल्याण्डसंग पनि नेपालले राम्रो प्रदर्शन गर्न नसक्दा भने स्तर सुधार गर्न धेरै अभ्यास गर्नुपर्ने देखिएको छ । 
 
 
 



नयाँ