arrow

मासिक चार करोड रेमिट्यान्स एउटै वडामा

logo
कौरव खत्री,
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
remitance.jpeg
गुल्मी । गुल्मीको वामी गाविस वैदेशिक रोजगारबाट जिल्लामा सवै भन्दा बढि रेमिट्यान्स भित्राउने गाविस मध्यमा पर्दछ । गाविसको एउटै वडाका  विभिन्न मुलकको वैदेशिक रोजगारीको लागि ४ सय जना भन्दा बढि युवाहरु रहेको पुष्टी भएको छ ।
उनीहरुबाट ति मुलुकमा हुने गरेको न्यूनतम तलव आम्दानी जोड्दा पनि झण्डै साढे चार करोड आम्दानी एकै महिनामा हुने गरेको छ । वामी ९ अन्तराष्ट्रिय सम्पर्क समितिले मात्रै विभिन्न मुलकमा रहेका वामी ९ का युवाहरुको संख्या  ५ सय ४५ जना निकालेको छ ।
          
झण्डै २० वर्ष अघि जापानबाट सुरु हुन्छ वामी ९ का युवाहरुको वैदेशिक रोगारको यात्रा  सो वडा  नम्वर ९,टोड्केका वोमबहादुर रायमाझीका छोरा लेखबहादुर रायमाझी र सोहि वडा भेडुवाबाट  काठमाण्डौं बसाई सरेका खिमबहादुर खरालका छोरा योगेन्द्र खराल १८ वर्ष अघि जापान एकै साथ पुगेका थिए ।
 
उनीहरु पुगे पछि त्यहाँका युवाहरुको लर्को त्यस तर्फ लाग्न थाल्यो । अहिले वडा नम्वर ९ बाट २ सय जना महिला र पुरुष जापानमा पुगेको वामी ९ अन्तराष्ट्रिय सम्पर्क समितिका केन्द्रिय अध्यक्ष दिलिप थापाले जानकारी दिए । यसरी ति दुई सय जनाबाट न्यूनतम मासिक एक लाखका दरले हिसाव गर्दा पनि एकै महिनामा दुई करोड त्यहाँ पुगेका युवाहरुले कमाउने गरेका छन् ।
 
अष्ट्रेलियामा १० जना पुगेका छन् । उनीहरुबाट न्यूतम १ लाखका दरले पनि महिनमा ५० लाख कमाई हुने गरेको छ । युकेमा ५० जना रहेका छन् । उनीहरुबाट न्यूनत डेढ लाखका दरले ७५ लाख एकै महिनामा कमाई हुने गरेको स्पष्ट हुन्छ ।
 
अमेरिकामा १० जना रहेका छन् । उनीहरुबाट न्यूनतम  १ लाखका दरले मासिक १० लाख कमाई अनुमान गरिएको छ । न्युजरल्याण्डमा ३५ जना छन् । उनीहरुबाट पनि मासिक १ लाखका दरले न्यूनतम मासिक ३५ लाख आम्दानी हुने गरेको छ ।
 
मलेसिया सहित खाडी मुलुकमा सय जना रहेको र उनीहरुबाट न्यूनतम मासिक २५ हजारका दरले २५ लाख कमाईको अनुमान गरिएको छ । भारतमा २ सय जनाबाट न्यूनतम मासिक १० हजारका दरले २० लाख कमाई हुने अनुमान गरिएको छ । यो तथ्याङकवाट अन्य शहरमा घर–घटेरी खरिद नगर्ने हो भने एउटै वडा नम्वर ९ मा मात्रै मासिक ४ करोड  १५ लाख रुपयाँ रेमिट्यान्स भित्रिन सक्छ ।
 
स्वदेशमा शिक्षक, अन्य सरकारी र संघ संस्थामा भएका जागिरे समेतको हिसाव गर्दा न्यूनतम मासिक ५ करोड नगद कमाई हुने स्थलगत अध्ययनको तथ्याङकले देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ