arrow

प्रभु बैँक र सौराहाका १६ भन्दा बढी होटल तथा रेष्टुरेन्टबीच सम्झौता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
prabhu-bank-hotels-sauraha.jpg

चितवन । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । 

छुट्टाछुट्टै समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बागमती प्रदेश, चितवन कल्सटरकी प्रमुख सांग्रिला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरे । 

सम्झौताअनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ । 

प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपूर्ण चितवन जिल्ला विभिन्न प्राकृतिक छटाले भरिपूर्ण रमणीय पर्यटकीय स्थलका रुपमा चिनिन्छ । 

सौराहा, मेघौली, कसरा, देवघाटधाम जस्ता रमणीय एवं धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ ।

देशका विभिन्न भाग तथा विदेशबाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ । विश्वमै अति दुर्लभ एक सिंगे गैँडा, विभिन्न प्रजातीका चराचुरुङ्गी, मृग जस्ता जंगली जनावरहरु एवं वन तथा वन्यजन्तुहरुको आरक्षणको अवलोकनका निम्ति जीपसफारी, हात्तीसफारी र थारू समुदायको बाहुल्यता रहेको यस नगरीमा उनीहरुको सांस्कृतिक, पुरातात्विक एवं मौलिक किसिमको नृत्य पर्यटकहरुका लागि मुख्य आकर्षणको केन्द्र हो ।

सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैँकका कर्मचारीहरुका लागि आवासमा ८ देखि १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशत सम्मका छुटहरु प्राप्त गर्नसकिने छ । 

सहभागी होटेलहरुको सुची निम्नअनुसार समावेश छ–
होटल आइकावा इन (फोर स्टार होटेल), सपना भिलेज लज, सिद्धार्थ भिल्लाज् बनबास, चितवन होटल बनबास, होटल वाइल्डलाइफ, क्याम्प, पार्क सफारी रिसोर्ट, चौतारी गार्डेन रिसोर्ट, रिनो लज एन्ड होटल, होटल रोयल सफारी, द पार्क सेन्चुरी होटल (भिल्लगिओ रेस्टुरेन् एन्ड होटल), ट्राभलर्स जंगल क्याम्प, होटल मिराज, ओपन सेकुवा कर्नर, रिभर भ्यु जंगल क्याम्प, हिमालयन इन, जंगल सफारी लज र रोयल टाइगर लग्जरी होटल रहेका छन् । 

ग्राहकको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकल जनाएको छ । 

बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ