arrow

पुननिर्माण विधेयकको समर्थन गर्दै मोर्चाद्वारा संसद बैठक बहिस्कार

logo
प्रकाशित २०७२ पुष १ बुधबार
nepal_parliament.jpg.jpeg
काठमाडौं । मधेसी मोर्चाले बुधबार बसेको व्यवस्थापिका संसदको बैठक बहिस्कार गरेको छ । आफूहरुको नाराबाजीका बीच संविधान संशोधन विधेयक पेश गरेको भन्दै मोर्चाले बैठक बहिस्कार गरेको हो ।

संसदको बुधबारको बैठक सुरु हुनासाथ सद्भावना पार्टीका लक्ष्मण लाल कर्णले समय लिँदै मोर्चाले गरेको नाराबाजीका बीच गत मंगलबार विधेयक पेश भएको भन्दै विरोध जनाएका थिए । ‘सरकारले जे भन्छ, त्यही गर्ने हो भने रुलिङ गर्नुस्, ‘ठूलो पार्टीको मात्र संसद हो, सानो पार्टीको कुनै अर्थ छैन भनेर रुलिङ गर्नुपर्‍यो । होइन भने सच्याउनुपर्छ ।’ उनले भने ।

उनले अर्को रुलिङ नभएसम्म संसद बहिस्कार गर्ने घोषणा गरेपछि मोर्चाका सांसदहरु बाहिरिएका थिए ।

यसैबीच गत मंगलबार दर्ता भएको संविधान संशोधन विधेयक र पुनर्निर्माण विधेयकमध्ये मोर्चाले पुननिर्माण विधेयकमा समर्थन जनाएको छ । मोर्चाले मानवीय विषयसँग जोडिएको भन्दै विधेयकमा समर्थन जनाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ