arrow

सेयर बजार ओरालो लाग्यो

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
stock-market-down.png.png
काठमाडौँ। धितोपत्र बजारमा नेप्से परिसूचक बिहिबार पनि ओरालो लागेको छ । सेयर कारोबार हुने साताको बिहिबार अन्तिम दिन बजार ७.८४ बिन्दुले ओरालो लागेको हो । एक हजार ६०९ बिन्दुमा रहेको नेप्से परिसूचक घटेर एक हजार ६०० बिन्दुमा कायम भएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १.८८ बिन्दुले परिवर्तन भएको छ । 
 
विकास बैंक, उत्पादन समूह र अन्य समूहले मात्रै बजार धान्दा अन्य समूह ओरालो लागेका हुन् । लगातार घट्दै आएको बजार पछिल्लो दुई दिनमा भने उकालोको यात्रा तय गर्दा लगानीकर्तालाई केही राहत प्रदान गरेको थियो । 
 
कुल १३८ कम्पनीको १६ लाख ५० हजार ७२७ कित्ता सेयर रु एक अर्ब २० करोड ८७ लाख ३९ हजार १२३ मूल्यमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । स्टकका अनुसार बैंकिङ ०.६९, होटल १.९२, जलविद्युत् २.०८, फाइनान्स ०.६५, बिमा ०.४८ प्रतिशतले घट्दा विकास बैंक ०.५७, उत्पादन ०.१६ र अन्य समूह ०.२७ प्रतिशतले बढेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ