arrow

प्रभु बैङ्क र आगन्तुक रिसोर्टबीच विशेष छुट सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
prabhu-bank-aagantuk-resorts-mou.jpg

काठमाडौँ। प्रभु बैङ्कका कर्मचारी तथा ग्राहकहरूलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ। एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैङ्कका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पूरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्की द्वारा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार प्रभु बैङ्क लिमिटेका कर्मचारी तथा ग्राहकहरूले बैङ्कसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ।

चण्डेश्वरी, धनेश्वर,देवीस्थान, गौखुरेश्वर,नमोबुद्ध,बेथानचोक नारायण,गोसाईंकुण्ड(काभ्रे) जस्ता प्रसिद्ध धार्मिक स्थल रहेको यस ठाउँबाट गणेश,जुगल जस्ता अन्य विभिन्न हिमश्र्खलाहरुको मनमोहक दृश्य अवलोकन समेत गर्न सकिने छ। काठमाडौँको कोलाहलबाट केही बेर बाहिर निस्कन र रमाइलो गर्नका लागि यो एक उत्तम स्थान हो।

आन्तरिक एवं बाह्र पर्यटकका लागी काभ्रे जिल्ला अति उत्तम र रमणीय स्थलको रूपमा प्रख्यात छ। बिहानको सूर्यको उदय देखी साँझको अस्ताएको सूर्यास्तको दृश्य अवलोकन मज्जाले गर्न सकिन्छ।

ग्राहकहरूको रोजाइको अग्रणी बैङ्कको रूपमा रहेको तथा हालसालै “बैङ्क अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैङ्कका नेपालभर ३०३ शाखा कार्यालयहरू, २८६ एटिएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैङ्किङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ साथै,लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैङ्क अफ दि ईयर–२०२३ बाट सम्मानित प्रभु बैङ्क, छोटो समयको अन्तराल मानै फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ