बैंकक । थाइल्याण्डको बैंककमा जारी एसिया कप महिला टी–२० क्रिकेटको अन्तिम खेलमा नेपालले भारतसंग खेलिरहेको छ । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । भारतले २९ रन बनाउँदा २ विकेट गुमाएको थियो ।
सुरुवाती दुई विकेट कप्तान रुबिना क्षेत्रीले लिएकी हुन् । भारतले तीव्र गतिमा रन जोडे पनि विकेट गुमाउँदा भने खेल सुस्ताएको छ ।
नेपालले यसअघिका सबै खेल हारेर आलोचना भोगिसकेको छ । प्रतियोगिताकै सबैभन्दा बलियो टिम भारतसंग भने नेपाल सम्हालिएरु खेलेको छ ।
थाइल्याण्डजस्तो एउटै स्तरको टिमसंग ८ विकेटको हार बेहोरेपछि भने नेपाल बढी नै आलोचित भएको छ ।