arrow

(अपडेट) एसिया कप क्रिकेटमा नेपाल भारतले दिएको १२१ रनको सामान्य चुनौती पछ्याउँदै

रुबिना क्षेत्रीलाई दुई विकेट

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
nepali-cricket-aaja.jpeg
बैंकक । थाइल्याण्डको बैंककमा जारी एसिया कप महिला टी–२० क्रिकेटको अन्तिम खेलमा नेपालले भारतसंग खेलिरहेको छ । विजयका लागि नेपालले एक सय २१ रनको सामान्य चुनौती पछ्याइरहेको छ । नेपालको ब्याटिङ नचलिरहेका अवस्थामा भने यो चुनौती निकै ठूलो हो । 
 
यसअघि खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेपछि ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा एक सय २० रन बनायो । २९ रन जोड्दा २ विकेट गुमाइसकेको भारतका लागि शिखा पाण्डेले अविजित रहँदै ३९ रन जोडिन् । 
 
नेपालका लागि सुरुवाती दुई विकेट कप्तान रुबिना क्षेत्रीले लिइन् । त्यस्तै सीता मगर र करुणा भण्डारीले १–१ विकेट लिए । दबाबमा खेलेको भारतकी एक खेलाडी भने रन आउट भइन् । 
 
नेपालले यसअघिका सबै खेल हारेर आलोचना भोगिसकेको छ । प्रतियोगिताकै सबैभन्दा बलियो टिम भारतसंग भने नेपाल सम्हालिएर खेलेको छ । 
 
थाइल्याण्डजस्तो एउटै स्तरको टिमसंग ८ विकेटको हार बेहोरेपछि भने नेपाल बढी नै आलोचित भएको छ । 



नयाँ