काठमाडौं। थाइल्याण्डको बैंककमा जारी एसिया कप महिला टी–२० क्रिकेटको अन्तिम खेलमा नेपाल भारतसंग पराजित भएको छ। नेपालको कमजोर प्रदर्शन जारी रहेको प्रतियोगितामा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ।
टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १२० रन बनाएको थियो। भारतकी शिखा पाण्डेले ३९ रन बनाएकी थिईन् भने भेल्लास्वामी वनिताले २१ रनको योगदान दिएकी थिईन्। नेपालकालागि रुबिना क्षेत्रीले २ विेकट लिएकी थिईन्।
जवाफमा १ सय २१ रनको विशाल रनको विजयी लक्ष्यको साथ जवाफी ब्याटिङ्गमा उत्रेको नेपाली टोली प्रतियोगितामा बलियो रहेको भारतिय बलिङ्ग सामु नेपाली टोलीका कुनै पनि खेलाडीले खुलेर खेल्न नसकेपछि नेपाली टोली सबै विकेट गुमाउदै २१ रनमा समेटिन पुगेको थियो।
नेपाल १६.३ ओभरमा २१ रनमा समेटिएको थियो। नेपालकालागि सरिता मगरले सार्वाधिक ६ रन बनाएकी थिइन्। २१ रनमा सार्वाधिक रन अतिरिक्तका रुपमा आएको थियो। भारतले नेपाललाई ७ रन अतिरिक्त दिएको थियो।
नेपाललाई सस्तैमा समेट्ने क्रममा भारतका लागि पूनम यादबले ९ रन खर्चिदै ३ विकेट लिइन भने मेघना तथा अनुजा पाटिलले समान २-२ विकेट हात पारे।
यो हार सँगै नेपाली टोलीको एसियाकपको यात्रा सकिएको छ। समुह चरणको ४ खेलमा कमजोर प्रदर्शन गर्दै नेपालले प्रतियोगितामा हाल सम्मकै खराब अन्त्य गरेको छ।