काठमाडौं । व्यवस्थापिका संसद्को बैठक शुक्रबार पनि अबरूद्ध भएको छ । सरकारले व्यवस्थापिका संसद्मा जारी दर्ता गराएको संविधान संशोधन प्रस्ताबको विरोध गर्दै शुक्रबार ३ बजेको लागि बोलाईएको बैठक अबरूद्ध गरेको हो ।
संसद्को बैठक सुरू हुनासाथ एमाले सांसद्हरु उठेर विरोध जनाएका थिए । उनीहरुले संविधान राष्ट्रघाती रहेको भन्दै यसलाई कुनैपनि हालतमा पारित हुन नदिने भन्दै विरोध पनि गरेका थिए ।
यससँगै व्यवस्थापिका ससद्काे बैठक अार्इतबारसम्मकाे लागि स्थगित गरिएकाे छ ।