arrow

तातोपानीको विकल्पमा अर्काे नाका हुनै सक्दैन

logo
प्रकाशित २०७२ पुष १ बुधबार
Tatopani.jpg.jpeg

काठमाडौं । संसदीय समितिले भारतबाहेक तेस्रो मुलुकसँग पहिलो सडक सञ्जाल जोडिएको ऐतिहासिक तातोपानी नाकाको विकल्प अर्काे नाका हुन नसक्ने निष्कर्ष निकाल्दै प्रतिवेदन कुझाएको छ । यवस्थापिका–संसद् विकास समितिले तातोपानी नाका र अरनिको राजमार्गको स्थलगत अध्ययनपछि तयार प्रतिवेदन वुधबार सभामुख ओनसरी घर्तीलाई बुझाएको हो ।

प्रतिवेदन बुझाँउदै समिति सभापति रवीन्द्र अधिकारीले वर्षेनी सात अर्व राजस्व सङ्कलन हुने गरेको एक खर्ब ६० अर्बको व्यापार हुँदै आएको र अरबौंको लगानी भइसकेको सन्दर्भमा यसलाई शीघ्र सञ्चालनमा ल्याउन सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए । एक पटक चासो दिइसकेपछि काम फत्ते नभएसम्म अल्मलिने र निस्क्रिय हुने काम सरकारका तर्फबाट हुन नहुने भन्दै सभापति अधिकारीले उत्तर र दक्षिण नाकामा पुग्ने बाटोलाई प्रभावकारी बनएर नेपाललाई चीन र भारतको व्यापारिक केन्द्र बनाउन सकिने धारणा राखे ।

२०२० देखि सञ्चालनमा रहेको अरनिको राजमार्ग नेपालको चीनसँग पारवहन पहुँच प्रदान गर्ने पहिलो नाका हो । वैशाख १२ मा आएको भूकम्पले सो मार्ग तथा आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक सम्पदाको क्षति भएपछि तातोपानी नाका बन्द भएको हो । विकास समितिको कार्तिक २३ को बैठकले गरेको उत्तरतर्फका रसुवागढी–केरुङ, जोमसोम–कोरला र तातोपानी नाकाको स्थलगत भ्रमण गर्ने निर्णयानुसार यही मङ्सिर २५ र २६ गते तातोपानी नाकाको अध्ययन भएको हो ।

काठमाडौँको माइतीघरदेखि कोदारीसम्म एक सय १४ किलोमिटर लम्बाइ रहेको अरनिको राजमार्ग उत्तरको छिमेकी मुलुक चीनसँगको प्रमुख सम्पर्क माध्यम बन्दै आएको छ । नाकाबन्दीबाट मुलुक सङ्कटमा रहेका बेला यो राजमार्ग पुनः सञ्चालनमा आए नेपाल र नेपाली जनतालाई निकै ठूलो राहत मिल्ने अपेक्षा छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ