arrow

पैतिसौँ अन्तराष्ट्रिय हात्ती पालोको उपाधि नेपाललाई

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
hattipolo.jpeg
नवलपरासी । नवलपरासीमा जारी ३५ औँ अन्तराष्ट्रिय हात्ती पालो प्रतियोगिताको उपाधि नेपालले हात पार्न सफल भएको छ । 
 
शुक्रबार सम्पन्न फाइनल प्रतिस्पर्धामा आइसल्यान्डको एलिफेन्ट्स पोलो गियरलाई ५ का विरुद्ध ८ गोलले पराजित गर्दै नेपालको टाइगर टप्स टस्कर्सले उपाधि हात पार्न सफल भएको हो । 
 
प्रतियोगितामा गालवया लज श्रीलङ्काले तेस्रो स्थान हासिल ग¥यो । उसले पल ग्रिफिन्स अमेरिकालाई ४ का विरुद्ध ६ गोल गरेको थियो । हात्तीको संरक्षण सँगसँगै पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसारका लागि आयोजना गरिएको प्रतियोगितामा नेपाल, श्रीलङ्का, अरेबिया, अस्ट्रेलिया, इङ्ल्याण्डलगायतका आठ टोलीको सहभागिता रहेको थियो । 
 
नवलपरासीको कावासोती नगरपालिका अमलटारी खेल मैदानमा भएको सो अन्तराष्ट्रिय हात्तीपालो प्रतियोगिता हेर्न नेपालसहित विदेशी पर्यटकहरूको समेत सहभागिता रहेको थियो । 
 
हात्तीको प्रयोग गरी मान्छेले खेलिने सो प्रतियोगिता विदेशी पर्यटकहरूका लागि निकै लोकप्रिय मानिन्छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ