arrow

उपल्लो मादीको २५ मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडिदै

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
electric-transmission.jpeg
पोखरा । कास्कीको सिल्दजुरे गाविसमा निर्मित उपल्लो मादी जलविद्युत आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत पुसको दोस्रो साता राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । 
 
आयोजना स्थलमा शुक्रबार गरिएको सञ्चारकर्मीसहितको स्थलगत अवलोकनका क्रममा आयोजनाका अध्यक्ष विजयबाबु मल्लले निर्माणको काम लगभग अन्तिम चरणमा पुगिसकेका कारण पुसभित्र लेखनाथ नगरपालिकास्थित सव स्टेशनमा जडान गरिने बताए । 
 
आयोजनाबाट २५ मेगावाट जलविद्युत उत्पादन हुने जानकारी दिँदै उनले आयोजना पूर्णरुपमा सफल हुन करिब  ७ अर्ब लागत लागेको बताए  । आयोजना संयोजक राजकुमार बरालले २०६९ पुस १३ गतेदेखि निर्माण सुरु गरिएको आयोजना अन्तर्गत सिल्दजुरे गाविस–४ चासुमा बाँध र ९ थाचोक, गैरीखेतमा पावरहाउस निर्माण सम्पन्न भएको जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ