arrow

भागवण्डा लगाएर मिलाइयो जनसम्पर्क समिती जापानको बिबाद

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
Ramchandra-Poudel-11.jpg.jpeg
टोकियो। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक आपसमा फुटेर हैन जुटेर अघि बढ्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। बिहिबार टोकियोमा नेपाली जनसम्पर्क समिति जापानले गरेको आन्तरिक प्रशिक्षण कार्यक्रमको अवसरमा पौडेलले कार्यकर्ताहरुलाई एकताको लागि आग्रह गर्दै नेपाली जनसम्पर्क समिति जापानको आन्तरिक विवाद मिलाउन प्रेरित गरेका थिए। 
 
पौडेलको प्रत्यक्ष सहभागितामा नेपाली जनसम्पर्क समिति जापानको आन्तरिक विवाद पनि सुल्झेको छ। जापान सरकारको निमन्त्रणामा जापान भ्रमणमा रहेका पूर्व उपप्रधान मन्त्री पौडेल र सांसद राजन केसीको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। जनसम्पर्क समिति जापानको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सल्लाहकार, कार्यसमिति पदाधिकारी, सदस्य, समर्थक र सुभेच्छुकहरुको सहभागि रहेको यदुराम सापकोटाले जानकारी दिए।
 
हाललाई सभापति डिपी कडेल, महामन्त्री रामजंग कार्की र कोषाध्यक्षमा बाबुराम सापकोटा रहि तत्काल साधारण सभा गर्ने र साधारण सभाबाट केही बिधान परिमार्जन गरेर अरु पदहरु छुट्टाईने सहमति पौडेलले गराएका छन्। हालको ३५ सदस्यीय कार्यसमितीलाई बढाएर ६९ सदस्यीय बनाईने सहमति समेत भएको सापकोटाले जानकारी दिए। साधारण सभाबाट २ महामन्त्री कार्यसमितीमा रहने नयाँ व्यवस्था मिलाइएको छ। त्यसैगरी २ बर्षको कार्यकालमा डिपी कँडेल १ बर्ष र अर्को १ बर्ष रोशन केसी सभापती रहने गरि विवाद मिलाइएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ