- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद साग नेपालमा हुने पक्का भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलले खेलकुदको मिति नै घोषणा गरिदिएपछि नेपालमा हुने पक्का भएको हो ।
ओलम्पिक कमिटीको कार्यालयमा शनिबार बसेको बैठकले १३औं साग सन् २०१९ को मार्च ९ देखि १८ सम्म नेपालमै गर्ने निर्णय गरेको कमिटीले जनाएको छ ।
१३औं सागमा २२ देखि वटा खेल हुने बताइएको छ । सागको सचिवालय समेत अब देखि नेपालमै हुने भएको छ ।
बैठकको आरम्भ देखकुदमन्त्री दलजीत श्रीपाइलीले गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले जानकारी दिए ।
भारतको सिलोङ र गुवाहाटीमा भएको १२औं दक्षिण एसियाली खेलकुदको समापन समारोहमा तत्कालिन खेलकुद मन्त्री सत्यनारायण मण्डलले आयोजक बन्ने झण्डा बुझेका थिए ।