arrow

काठमाडौँ महानगरको बजेट २५ अर्ब ७० करोड, कुन क्षेत्रमा कति छ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
balen-81-3-10.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट ल्याएको छ । सोमबारको १५ औँ अधिवेशनको तेस्रो बैठकमा महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको राजश्व तथा खर्चसम्बन्धी अनुमान सार्वजनिक गरेकी हुन् ।

उक्त बजेटमध्ये आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख, संघीय राजस्व बाडफाँडबाट १ अर्ब ९९ करोड २० लाख २५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट ५५ करोड, स्थानीय राजस्व बाँडफाँडबाट १० करोड ५० लाख, समानिकरण अनुदानबाट ८० करोड, प्रदेश सरकार समानिकरण अनुदानबाट १० करोड, आन्तरिक जनसहभागिताबाट ८० लाख प्राप्त हुने अनुमान गरिएको छ । 

त्यस्तै नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदानबाट १ अर्ब ४५ करोड र बाग्मती प्रदेश सरकारबाट ४ करोड ४७ लाख सहित महानगरको सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख २५ हजार जम्मा हुने अनुमान गरिएको छ । त्यसबाहेक महानगरले सञ्चालन गरेको जग्गा एकीकरण आयोजनाबाट १ अर्ब ५० करोड आम्दानीको अनुमान गरिएको छ ।  

यसरी संकलित स्रोतमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ३ अर्ब ४९ रकोड ४५ लाख २९ हजार विनियोजन रहेको छ । त्यस्तै, पुर्वाधार विकासका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार कारोड, सामाजिक क्षेत्रका लागि ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार बजेट विनियोजन गरिएको छ । 

त्यस्तै, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख ३० हजार बजेट विनियोजन गरिएको छ । स्थानीय सञ्चित कोषबाट खर्च हुने रकम मध्ये आर्थिक विकास कार्यक्रमका लागि १९ करोड ९ लाख विनियोजन गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ