arrow

वसाई सराईले गाउँको विकास शुन्य

logo
कौरव खत्री,
प्रकाशित २०७३ मंसिर १८ शनिबार
Gulmi-hamrakura.jpg.jpeg
गुल्मी । गुल्मीको वामी गाविसको वडा नं. ९ मा २०६९  सालको जनगणना अनुसार २ सय २० घरधुरी रहेको थियो ।  वडामा अहिले करिव ३ सय घरधुरी भई सकेका छन् । त्यति बाक्लो वस्ती हुँदा पनि जम्मा दुई वटा प्रा.वि. मात्रै छन् । स्वाथ्यचौकी पनि छैन् , भित्रि मोटरबाटाहरु पनि पुरै स्थानमा  पुगेको छैन् ।
 
  त्यति धेरै वैदेशिक रोजगारबाट रेमिट्यान्स भित्रिने अवथा हुदा पनि त्यो तित्तर वितर भएर गाउँको विकास हुन नसके पछि  वामी ९ का युवाहरुले अन्तराष्ट्रिय सम्पर्क समिति गठन गरी गाउँको विकास  गर्ने उद्घोष गरेका छन् ।
 
उनीहरुले त्यसको उद्घोष यहि मंसिर १३ देखि १६ गते सम्म खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी त्यसको मञ्चबाट अव शहरको होईन गाउँको विकास गर्दछौं भन्ने उद्घोष गरेका हुन् ।
 
वामी ९ मा मासिक साढे चार करोडका दरले वार्षिक ५० करोड भन्दा बढि  रेमिट्यान्स भित्राउन सके त्यहाँका युवाहरुले भोलिका दिनमा युरोप अमेरिकामा पाउने सुख सुविधा यहि प्राप्त गर्न सक्ने निश्चित छ ।
 
सिंङ्गो वामी गाविसका जापनमा मात्रै  प्रत्यक्ष रोजगारीमा  करिव ७ सय जना र उनीहरुका परिवार सहित एक हजार जना रहेको  वामी ९ अन्तराष्ट्रिय सम्पर्क समितिका अध्यक्ष दिलिप थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ