arrow

बैंकले मनपरी ब्याज लिएको भन्दै सेवाग्राही आक्रोशित

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ मंसिर १८ शनिबार
bank-cartoon.gif.gif
पाँचथर।  ब्याजदर घट्दा समेत पाँचथर जिल्लाका बेंकहरुले रिणीहरुलाई ब्याजदर समायोजन नगरेको तथा चर्को ब्याजदरमा कर्जा उपल्ब्ध गराउने हुँदा निम्न वर्गका आयस्रोत हुने रिणीहरु मर्कोमा पर्ने गरेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।
 
पाँचथरको फिदिममा शनिबार नेपाल राष्ट्र बेंक अनुसन्धान विभाग काठमाडौँले सरोकारवाला पक्षसित गरेको अन्तर्क्रिया कार्यक्रममा वोल्नै सरोकारवालाहरुले यस्तो गुनासो गरेका हुन् ।
 
फिदिम ब्यवसाय गर्दे आएका अर्जुनदेव स्याङबोले पाँचथर जिल्लामा माच्छ्रापुच्छ्रे बेंक आउँदा खेरीनै खाता खोलेर रिण लिएको र त्यतिबेला १४ प्रतिशत ब्याज तिर्दे आएको र अहिले घटेर ११ प्रतिशतमा ब्याजदरमा अन्य सेवाग्राहीलाई कर्जा उपलब्ध गराउँदै आएपनि आफनो भने ब्याजदर नघटाएको वताए ।स्याङबोले भने,“बैंकमा पटक पटक निवेदन दिँदा पनि अहिले ६ वर्षदेखि निरन्तर १४ प्रतिशत ब्याजनै बेंकले लिइरहेको छ ।” 
 
यस्तै फिदिम १ का सुनिल बर्माले तत्कालिन फेवा फाइनान्स हुँदा १५ प्रतिशत ब्याज लिँदै आएको र पछि मर्च भएर फेवा विकाश बेंक हुँदा पनि अहिले उक्त ब्याजदर नघटेको गुनासो गरे। कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ पाँचथर जिल्ला अध्यक्ष मित्र प्रसाद काफलेले अहिले पनि कृषि बेंकहरुले शहरमुखी रिण मात्रै लगानी गर्ने तर गाउँमा रिण लगानी गर्न नसकेको प्रति राष्ट्र बेंकको ध्यानकर्षण गराए ।
 
 काफलेले भने,“कृषि बेंकले शहरमा घर, घडेरी र गाडी किन्न मात्रै लगानी गर्दछ,गाउँमा अलैँची,अदुवा,अम्लिसो,तरकारी खेती गर्ने तथा पशुपालक कृषकको लागि लगानी गर्न सकेको छैन्,यसले गर्दा जिल्लाका कृषकहरु मर्कोमा परेका छन् ।”
 
 यस्तै नेपाल बेंकले मात्रै सुनको कारोवार गर्ने,त्यो पनि बजार भाउ भन्दा तल न्यून मूल्यमा मात्रै मूल्याङकन गरिदिने, अन्य बेंकहरुले सुनको कारोवार नगर्दा जिल्लावासी मर्कोमा परेको उनले वताए । अन्य बेंकहरुले पनि सुनको कारोवार गर्ने ब्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए ।
 
यस्तै फिदिमका ब्यवसायि भरत अधिकारीले बेंकको ब्याजदर फरकफरक पर्ने भएकोले सेवाग्राही मर्कोमा पर्ने हुँदा यसको नेपाल बेंकले मनिटरिङ गर्नुपर्ने वताए । कार्यक्रममा जवाफ दिँदै नेपाल राष्ट्र बेंक अनुसन्धान बोर्डका सहायक निर्देशक गणेश गौतमले खुल्ला बजार अर्थतन्त्रका कारण बेंकहरुले ब्याजदर फरक फरक गर्ने गरेको तर त्यसको अनुगमन गर्ने वताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ