arrow

महिला उद्यमीले बिना धितो कर्जा पाउने

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ मंसिर १८ शनिबार
Rolpa-hamrakura.jpg.jpeg
लिबाङ(रोल्पा) ।  घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय रोल्पाले उद्यमी महिलाहरुलाई बिना धितो सहुलियत ब्याज दरमा कर्जा उपलब्ध गराउनका लागि विभागमा सिफारिस गर्ने तयारी भइरहको जनाएको छ । 
 
नेपाल सरकार उद्योग मन्त्रालय घरेलु तथा साना उद्योग विभाग तथा महिला उद्यम शीलता विकास कोष मार्फत जिल्ला भित्रका उद्यमी महिलाहरुलाई विना धितो  १ लाख देखि ५ लाख सम्म वार्षिक ६ प्रतिशत सहुलियत ब्याज दरमा कर्जा प्रबाहका लागि यसअघि निवेदन आह्वान गरिसकिएको उद्योग अधिकृत बालकृष्ण आचार्यले जानकारी दिए ।
 
जसका लागि तोकिएको म्याद भित्र  जिल्लाका होटल ब्यवसायी, बाख्रा, कुखुरा तथा बंगुर पालक कृषकहरु, अल्लो कपडा उद्योगीहरु , सिलाइ कटाइ गर्दै आएका महिलाहरु एवम् जिल्लामा अफसेट प्रेस संचालन गर्दै आएका महिलाहरु गरी जम्मा ४८ जना महिलाहरुको प्रस्ताव परेको थियो ।
 
हाल गर्दै आएको उद्यमी महिलाहरुको कामको क्षमता तथा स्तर बृद्धि गर्नका लागि महिलाहरुलाई कर्जा उपलब्ध गराउन आवश्यक पर्ने आचार्यको भनाइ छ । यसरी विभागको निर्देशन प्राप्त भएपछि जिल्लामा रहेको कोष ब्यवस्थापन जिल्ला समितिले निवेदकहरुको कामको अनुगमन गरी प्रस्तावकहरुलाई आवश्यकता अनुसार  ३ लाखदेखि बढीमा ५ लाख सम्म कर्जा उपलब्ध गराउन सक्ने छ । 
 
करिव २०० जति पुग्नुपर्ने अपेक्षा गरिएको भएपनि सोंचे अनुसार निवेदन पर्न सकेन आचार्यले भन्नु भयो । उहाँका अनुसार यसका लागि रेडियो एफ एम तथा पत्रपत्रिकाबाट पटक पटक सूचना प्रकाशन  तथा प्रशारण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ