arrow

साताको सेयर पाँच अर्ब बढीको कारोबार

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
Nepal-Stock-exchange.jpg.jpeg
काठमाडौँ । धितोपत्र बजारमा यस साता ५ अर्ब ८३ करोड २५ लाख ३५ हजार मूल्य बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार ७४ लाख ६१ हजार ३१० कित्ता सेयर कारोबार भएकोमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा १३१ अङ्कले बढेर साताको अन्तिम दिन एक हजार ६०० विन्दुमा पुगेको छ । 
 
कारोबार रकम गत साताको तुलनामा १५ दशमलव शुन्य दुई प्रतिशत बढेको छ । गत साता १५२ कम्पनीको कारोबार भई  ५ अर्ब ७ करोड ७ लाख ६६ हजार बराबरका ७३ लाख ३५ हजार ३६० कित्ता सेयर खरिद बिक्री भएका थिए । 
 
स्टकका अनुसार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २९ दशमलव ५९ अङ्कले बढेर ३४६ दशमलव ४४ अङ्कमा आइपुगेको छ । 
 
यस साता कारोबार रकमका आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको  ७२ करोड १० लाख ६० हजार बराबरको सेयर कारोबार भएको थियो । यस्तै कारोबार भएको सेयर सङ्ख्याका आधारमा बैंक अफ काठमाडौँ अग्रस्थानमा रहेको छ । 
 
सो बैंकको ४ लाख ३७ हजार कित्ता सेयर खरिद बिक्री भएको थियो । यस साता कसमस डेपलपमेन्ट बैंकको ५ लाख ३ हजार १२५ कित्ता हकप्रद सेयर स्टकमा सूचीकरण भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ