arrow

आत्मघाती उपहार दिने चेल्सी विजयी, म्यान्चेस्टर सिटी घरेलु मैदानमै स्तब्ध

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
goal-with-Diego-Costa.jpeg

एजेन्सी । इङ्गलिश प्रिमियर लिगको बहुप्रतिक्षित खेलमा चेल्सी विजयी भएको छ । लिगको फर्ममा रहेको म्यान्चेस्टर सिटी घरेलु मैदानमै ३–१ ले पराजित भएको छ । इत्तिहादमा भएको खेलमा पहिलो हाफको अन्तिम समयमा चेल्सीका ग्यारी चाहिलले आत्मघाति गोल सुम्पेपछि सिटीले सुरुवाती अग्रता लियो ।

दोस्रो हाफ पछि ६० औं मिनेटमा डिएको कोस्टाले चेल्सीलाई लयमा फर्काए । त्यसको १० मिनेटपछि चेल्सीकै विलियनले गोल गर्दै नतिजा २–१ मा ल्याए । खेलको अन्तिम ९०औं मिनेटमा सिटीका दुई स्टार सर्जिओ अगुएरो र फर्नान्डिन्हो रातो कार्ड खाँदै बाहिरिएको अवसरको सदुपयोग गर्दै इडेन हाजार्डले गोल गर्दै खेल ३–१ ले टुंग्याए ।

योसँगै चेल्सीले सिटीसँगको अंक दुरी बढाएको छ । शीर्ष स्थानमा रहेको चेल्सीको १४ खेलबाट ३४ अंक भएको छ भने सिटीको १३ खेलबाट ३० अंक बटुलेको लिभरपुल बराबर ३० अंक छ । यो सिजनमा सिटीको दोस्रो हार हो भने चेल्सीले पनि दुई खेल हारेको छ ।

Sergio Aguero

Fernandinho

Willian



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ