arrow

इम्प्रेसनको विशेष साधारण सभा सम्पन्न

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
Speacial-GM.jpeg
काठमाडौं । इम्प्रेसन नेपाल बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको विशेष सधारणसभा सम्पन्न भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सहकारीले विशेष साधारण सभा मार्फत् नयाँ नेतृत्व चयन गरेको हो । 
 
यस अघि नेपाल उद्योग वाणिज्य महासंघको तदर्थ समितिका एक मात्रै जीवित सदस्यको रुपमा रहेका मोहनसिंह ऐतवालले नेतृत्व गरिरहेको उक्त संस्थालाई अझ चूस्त र प्रभावकारी रुपमा अगाडि बढाउनको लागि विशेष साधारण सभा मार्फत् नयाँ नेतृत्व चयन गरिएको सहकारीका नवनिर्वाचित सचिव शिवकुमार धितालले जानकारी दिए । 
 
विशेष साधारण सभामा बोल्दै निवर्तमान अध्यक्ष ऐतवालले यस अघि केही वर्षसम्म आफूले नेतृत्व गरेको संस्थालाई अझ प्रभावकारी बनाउनको लागि आफूले नेतृत्व हस्तान्तरण गरेको जानकारी दिए । उनले अबको सहकारी संस्था सामाजिक उत्तरदायित्व तिर बढी केन्द्रीत हुनुपर्ने भन्दै यसको लागि युवा शक्ति थप जागरुक हुनुपर्ने धारणा राखे । 
 
सहकारीमा राजेन्द्रप्रसाद पौडेलको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ । निर्वाचित भएसँगै सञचालक समितिले संस्थालाई अझै चुस्त बनाउँदै पुँजी बृद्धिको काममा सक्रियताका साथ अघि बढ्ने घोषणा पनि गरेको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ