मोरङ । आज देशभर २१औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । 'जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ मनाइएको यो दिवसका अवसरमा विभिन्न स्थानमा सामूहिक धान रोप्ने काम भइरहेको छ ।
मोरङ बेलबारी ६ मा नेपाली कांग्रेस नगर समितिको आयोजनामा सामूहिक रोपाइँ कार्यक्रम भएको छ ।