काठमाडौं। रियाल मड्रिडका सर्जियो रामोसले ९०औं मिनेटमा गोल गर्दै बार्सिलोनासँगको खेलमा आफ्नो टोलीलाई उकासेका थिए। १-१को बराबरीमा अन्त गर्दै दुवै टोलीले १-१ अंक बाँडेका छन्।
विश्व क्लब फुटबलको अती नै चर्चित खेल एल-क्लासिकोमा रियाल मड्डरिड र बार्सिलोनाले खेल बराबरीमा टुंग्याएपछि अंक तालिकामा रियालको स्पष्ट ६ अंकको बढत भएको छ।
१४ खेलमा ३४ अंकका साथ रियाल पहिलो स्थानमा रहेको छ भने उतीनै खेलमा बार्सिलोना २८ अंककासाथ दोस्रो स्थानमा रहेको छ।
संसारभरी नै बहु प्रतिक्षित खेलको ५३औं मिनेटमा लुईस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। नेयमारको फ्रिकीकमा स्वारेजले टाउकोले गोल गरेका थिए।
आफ्नो घरेलु मैदानमा १-०को बढत लिएको बार्सिलोनाले दोस्रो हाफ आफ्नो पकडमा राखेको थियो। दोस्रो हाफमा बार्साले केही राम्रो मौका गुमाउँदै गोल गर्न बाट चुकेको थियो। नेयमारले खाली पोस्टमा गोल गर्न सकेका थिएनन्।
रियाल मड्डरिडले पहिलो हाफमा राम्रो खेले पनि दोस्रो हाफमा त्यती राम्रो प्रदर्शन गर्न सकेको थिएन्। खेल अवधीभर रोनाल्डोले केही राम्रा मौका निलकालेका भए पनि गोल भने गर्न सकेनन्। खेलको ९० औं मिनेटमा लुका मोडरिचको फ्रिकीकमा सर्जियो रामोसले दर्शनिय गोल गरेका थिए।
खेल प्रतिस्पर्धात्मक भए पनि बार्साले ५५% बल नियन्त्रण गरेको थियो भने रियालले ४५% नियन्त्रण गरेको थियो। बार्साले १९ फाउल गरेको थियो भने रियालले १६ फाउल गरेको थियो। बार्साले ४ पहेंलो ाकर्ड पाएको थियो भने रियालका २ केलाडीले पहेंलो कार्ड पाएका थिए।