arrow

मनमोहन गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आर्मीलाई

logo
प्रकाशित २०७३ मंसिर १९ आइतबार
football.jpeg
इनरुवा । सुनसरीको दुहवी भलुवा नगरपालिकामा भएको मनमोहन गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवले जितेको छ । फाइनल खेलमा मनाङ–मस्र्याङ्दी क्लबलाई अतिरिक्त समयको खेलमा गोलको सहयोगमा पराजित गर्दै आर्मी क्लबले उपाधि हात पारेको हो । 
 
आर्मी क्लबले टाइब्रेकरमा पाँच÷पाँच गोल भए पनि अतिरिक्त समयको खेलमा थप एक गोल गरेपछि उपाधि चुम्न सफल भएको हो । 
 
उपाधि चुमेका आर्मीले नगद रु तीन लाख एक हजार १११, सिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएका मनाङ–मस्र्याङ्दी क्लबले नगद रु एक लाख ५१ हजार, सिल्ड र प्रमाणपत्र पाएको आयोजकले जनाएको छ । 



नयाँ