arrow

एमालेसँगको सम्बन्ध सुमधुर रहेको देउवाको ‘ब्रिफिङ’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
sherbahadur-deuba-81-3-17.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सम्बन्ध सुमधुर रहेको बताएका छन् । आफ्नै निवास बूढानीलकण्ठमा जारी कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता बारे बिफ्रिङ गर्दै एमालेसँगको सम्बन्ध सुमधुर रहेको र अहिले नै धेरै टिप्पणी नगर्न आग्रह गरेका छन् ।

बैठकमा देउवाले ओलीसँग भएको कुराकानीको ब्रिफिङ गर्दै सकरात्मक कुराकानी भइरहेको बताएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस–एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ । 

त्यसयता छट्पटिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई पटक ओलीसँग छलफल गरेका छन् भने ओलीले आफ्नो पार्टीका मन्त्रीहरुलाई हाइ अलर्टमा राख्दै मन्त्री तथा सांसदहरुलाई उपत्यका नछाड्न निर्देशन दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ