arrow

माओवादी केन्द्रमा प्रवेश गर्ने खेलाडीलाई प्रधानमन्त्रीले यसो भने

logo
प्रकाशित २०७३ मंसिर १९ आइतबार
news-kheladi-PM-sang.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संस्थागत रुपमै खेल क्षेत्रको विकास गर्न सरकार क्रियाशील रहेको बताएका छन् । आइतबार माओवादी केद्रमा प्रवेश गर्ने खेलाडीहरुको पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री दाहालले भने, ‘खेल क्षेत्र निकै ठूलो सम्भावना बोकेको क्षेत्र हो । पछिल्लो समय नेपालले खेलकूदको क्षेत्रमा ठूला उपाधि प्राप्त गर्न थालेको छ, यसले नेपाल र नेपालीको शिर उच्च बनाएको छ, नेपाली युवाहरुको आत्मबल बढेको छ । तपाईहरुको प्रगतिले सरकारको पनि ईच्छाशक्ति बढेको छ । सरकार संस्थागत रुपमै खेल क्षेत्रमा केही न केही नयाँ प्रगति गर्ने प्रयत्नमा छ । खेलकूदको क्षेत्रमा हामी छिट्टै नयाँ योजना ल्याउँदै छौं ।’

माओवादी केन्द्रमा प्रवेश गर्ने खेलाडीहरुलाई प्रधानमन्त्री दाहालले भने, ‘तपाईहरु जुन विश्वासका साथ माओवादी आन्दोलनमा आउनुभएको छ, यसले हामीलाई उत्साही र गम्भीर बनाएको छ । राष्ट्र र जनताको प्रगति र विकासका लागि जिम्मेवारी थपिएको महशुस गरेको छु ।

सरकारले खेलाडीहरुको भावना र खेल क्षेत्रका समस्या सम्बोधन हुने गरी नयाँ योजना ल्याउँछ ।’ कार्यक्रममा कराँतेका अन्तर्राष्ट्रिय खेलाडी ध्वजमान मोक्तान सहितका दुई दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ