arrow

राजनीतिक समीकरण बदलिएसँगै सानेपामा ओलीको भव्य स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
deuba-oli-81-3-18.jpg

काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस मुख्यालय सानेपामा भव्य स्वागत गरेको छ ।

कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔँ जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा सहभागी हुन पूर्व प्रधानमन्त्री ओली सानेपा पुगेका हुन् ।

कांग्रेसले एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउने सहमति गरेको अर्को दिन ओली सानेपा पुगेका थिए । ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरुले स्वागत गरेका थिए । 

कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ