arrow

तपाईंले तेल किन्दा किन सनफ्लावर नै किन्नु हुन्छ, बुझेर किन्ने गर्नुभएको छ ?

यस्ता छन् विभिन्न तेलका फाईदा र घाटा

logo
प्रकाशित २०७३ मंसिर १९ आइतबार
oil-sunflower-1234.gif
काठमाडौं । अहिले बजारमा सोयाविनको भन्दापनि सनफ्लावरको तेल बढी खपत हुने गरेको छ । बजारमा खतप हुने तेलको परिणाममा सोयाविनको भन्दा सन फ्लावरको हिस्सा बढी रहेको व्यवसायीहरु बताउँछन् । तर तेलको आयात र खपतको हिस्सालाई हेर्ने हो भने सन फ्लावरको भन्दा सोयाविनको हिस्सा बढी खपत भईरहेको छ । 
 
यसरी तालमेल नमिलिरहेको अवस्था नेपाली बजारमा रहेको छ । तर सोयाविन नै किन बढी खपत भईरहेको छ त ? यो प्रश्न सबैका लागि चासोको विषय बन्न सक्छ । भट्टमास र सोयाविन प्रशोधन गरेर तयार पारिएको तेलले मानव स्वास्थ्यको लागि के कस्ता फाईदाहरु गर्छ । यो तल उल्लेख गरिएको छ । 
 
सनफ्लावर : उपभोगका दृष्टिले सनफ्लावर तेल मानव स्वास्थ्यका लागि एकदमै फाईदाजनक रहेको जानकारहरु बताउँछन् । यो तेल स्वादिष्ट हुन्छ, साथै, पौष्टिक पनि हुन्छ । जानकारहरुका अनुसार बढी फ्याट हुने भएकाले यो तेलले मानिसको शरीरमा धेरै क्यालोरी प्रदान गर्छ । यसमा भएको लिनोलिक एसिड खाना पचाउनको लागि मात्रै उपयोगी हुने होईन कि शरीरमा रहेको प्रोटिन तथा भिटामिन ए, सी, डी र ई ले शरीरलाई तन्दुरुस्त बनाउन पनि मद्दत गर्ने बताईएको छ । यसको स्वाद स्वाद हल्का हुन्छ तर यसबाट मानिसमा मोटोपन बढ्ने सम्भावना बढी हुन्छ । त्यसैले यो तेल बढी खपत हुने गरेको छ ।
 
सोयाविन तेल : त्यसो त सोयाबिन तेल पनि स्वास्थ्यको लागि त्यति नोक्सानी गर्ने खालको भने छैन । यसले पनि एक हिसावले यो पनि मानव स्वास्थ्यको लागि प्mाईदा जनक नै रहेको छ । सोयाविनको तेल प्रोटिनयुक्त हुन्छ । यसको तेलमा सबैभन्दा बढी प्रोटिन पाइन्छ । यसमा मोनोभन्दा पोली अनसैचुरेट बढी पाइन्छ । जुन तेल मानव स्वास्थ्यका लागि त्यति फाईदा जनक रहेको पाईँदैन । तर, यसमा रहेका अल्फा–लिनोलिक एसिड धेरै मात्रामा पाइने हुनाले यो तेल स्वास्थ्यको लागि केही फाइदाजनक पनि रहेको चिकित्सकहरु बताउँछन् । यो तेल पनि पटकपटक तताएर प्रयोगमा ल्याउनु राम्रो मानिँदैन । 
 
तोरीको तेल : उता, तोरीको तेलको कुरा गर्ने हो भने त यो झनै मानव स्वास्थ्यको लागि महत्वपूर्ण रहेको मानिन्छ । तोरीको तेल कप, बाथ, टाउको तथा कानसम्बन्धी रोगको उपचारमा समेत प्रयोग गर्ने गरिएको छ । तोरी मध्येपनि  पहेंलो तोरीमा २५ देखि ३० प्रतिशत र कालो तोरीमा २० देखि ३३ प्रतिशत तेलको मात्रा हुने बताईन्छ । यो तेलमा ओलिभको जस्तै मोनो अनसैचुरेटेडको मात्रा बढी हुन्छ । तोरीको तेलमा पाइने ओमेगा थ्री फ्याटी एसिड, आइरन, क्याल्सियम, जिन, म्याग्नेसियमलगायत तत्वहरू स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छन् । 
तोरीको तेलमा पाइने ओमेगा ६ र ओमेगा थ्रीले मुटु बलियो बनाउँछ । यो तेलले शरीर बलियो बनाउनुका साथै रक्तसञ्चारमा समेत सुधार ल्याउने डाइटिसियनहरुले बताएका छन् । 
 
पामआयल : पाम आयललाई नेपालीमा ताडको तेलका रुपमा चिनिन्छ । विशेषगरी नेपालको तराई भेगमा बढी मात्रामा पाईने यो फलबाट तीन किसिमको तेल उत्पादन गर्न सकिन्छ । यो स्वास्थ्यको लागि त्यस्तो फाइदाजनक र नोक्सानी गर्ने खालको नभए पनि यो स्वादको हिसावले भने स्वादिलो हुन्छ । 
 
मकैको तेल : मकैको तेलमा सैचुरेटेड फ्याट बढी पाइन्छ । स्वास्थ्यका दृष्टिमा यो तेल सनफ्लावर जत्तिकै राम्रो मानिन्छ ।
 
ओलिभको तेल : ओलिभको दानाबाट उत्पादन हुने यो तेल सबैभन्दा महँगो पर्छ । खाना, सौन्दर्य, औषधि, साबुन उत्पादन, शरीरको मसाज आदिका लागि यो तेल प्रयोग हुने गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ